काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास गरेका छन ।
विहिवार एक कार्यक्रम विच महानगरका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गरेका थिए ।
भ्याटसहित १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा आउँदो २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । फल्चा २७ फिट ४ इञ्च लम्बाई, ६ फिट ४ इन्च चौडाई र १४ फिट उचाइको हुनेछ ।
सो अवसरमा प्रमुख शाक्यले महानगरमा माग भएर आएका विवाद नभएका सबै सम्पदा निर्माण र पुननिर्माणको क्रममा रहेको जानकारी दिए । उनले भने,‘भूकम्पले जीर्ण भएका र समय समयमा मर्मत गर्नुपर्ने संरचनालाई बचाउन गुठीयार, समुदाय र सरोकारवालासँग समन्वय गरेर लगानी गरिरहेका छौँ ।’
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँको पहिचान नै सम्पदा क्षेत्र भएकोले यसको लगानीमा महानगर नडराउने बताईन । सांस्कृतिक संरचना सामाजिक सद्भावका केन्द्र पनि हुन । यसको महत्व स्थानीय जनजीवनको भावनासँग जोडिएको भनाई राखिन ।
Categorized in सम्पदा/संस्कृति