काठमाडौँ । काठमाडौं महानगरले हरितालिका तीजको अवसरमा मानव बेचविखन रोकथाम गर्न सचेतना अभिवृद्धि तथा महिला ससक्तिकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अथिति रहेकी काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले मानव ओसारपसारलाई नयाँ स्वरुपमा प्रयोग गरेका पाइएको बताईएकी छिन ।
उपप्रमुख खड्गीलेयस्ता विकृतिलाई रोक्न परम्परागत नैतिक पक्षले सघाउन तथा सकारात्मक सन्देशलाई पुस्तान्तरण र परिवर्तनलाई स्वीकार गर्ने बेला आएको भनाई राखिन ।
उनले सो अवसरमा महिलामा क्षमता, सहास र आँट छ । यसलाई प्रयोग गरेर राजनीतिक नेतृत्वमा जान प्रयत्न गर्नुपर्छ । सशक्तिकरणमार्फत माथिल्ला ठाउँमा पुग्ने प्रेरणा जगाउनु पर्नेमा जोड दिईन ।
त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सचेत समाज पनि मानव बेचबिखनका घटना देखिने बताउँदै शिक्षा र चेतनाको उचित ठाउँमा प्रयोग हुनुपर्ने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य हीरादेवी पोखरेल, शान्ता ढकाल लगायतले तीज पर्व र महिलाको सवाल विषयमा प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रममा महिला कर्मचारी र महिला जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सहभागीहरुलाई उपप्रमुख खड्गी श्रेष्ठले सौभाग्यका सामान उपहार प्रदान गरिएको थियो ।
Categorized in समाज