६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमती प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्री थपिए


प्रकाशित: बुधवार, २३ भाद्र २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छिन । 


बुधवार गरिएको मन्त्री परिषद विस्तारमा डा. अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन ।


त्यस्तै प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । वाग्मतीमा यसअघि नियुक्त केशवराज पाण्डे भौतिक पूर्वाधार मन्त्री छन ।


जीवन खड्का खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री बनेका छन ।


नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले बुधबार नियुक्त भएकासँगै सपथ ग्रहण समेत लिएका छन । बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।


यस अघि २ सदस्यीय मन्त्रीपरिषद् रहेको थियो । एमाले विभाजनपछि मुख्यमन्त्री शाक्यको सरकार अहिले अल्पमतमा परेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex