काठमाडौं । आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम ठगी गरेको अभियोगमा अमृत भन्ने नथमल अग्रवाल(नागराज)लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ४ पानीपोखरी बस्ने धनुषा जनकपुर नगरपालिका– ३ का ४८ बर्षीय अग्रवाल लाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका–२ का ३९ वर्षीय राकेश सिंह लगाएतका व्यक्तिहरुबाट अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी ललाई फकाई प्रलोभन देखाई बिश्वासमा पारी जम्मा २ करोड ४० लाख रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको जाहेरी दरखास्त प्राप्त भए पश्चात महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका–४ पानीपोखरीबाट उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।
Categorized in समाज