काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भोली (बुधवार) देखि फोहर उठाईने बताएका छन ।
मंगलवार प्रमुख शाक्यको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख शाक्यले भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको जानकारी दिए ।
प्रमुख शाक्यले भने, ‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन ।’
प्रमुख शाक्यले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगरको फोहर व्यवस्थापनको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए ।
केही दिन यता लगातार बर्षाको कारण सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको बेला ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भदौ ६ गते मृत्यु भएपछि बृद्धाको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन ।
महानगरनरले हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।
काठमाडौं उपत्यकाको फोहर सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ । तर ल्याण्डफिल साईड भने निर्माण हुन सकेको छ ।
बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने यदि अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन सक्ने बताए ।
बैठकले गरेका अन्य निर्णयहरुमा साइटमा पुग्ने सडक बनाउन महानगर र सडक विभागले सहकार्य गर्ने, गृह प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाउनेलगायत छन ।
काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापनमा काम गर्न प्रहरी सँगसँगै हुने बताए ।
Categorized in स्थानिय