४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कर नतिर्नेको महानगरले घर आँगनमै पञ्चेबाजा बजायो, केशा प्लाजामा सुचना टाँस


प्रकाशित: बुधवार, ९ भाद्र २०७८, १६ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुलाई पञ्चेबाजा बजाएर सुचित गर्न थालेको छ । 


महानगरले बुधवार कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ ।


यस अघि महानगरले असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्न सुचित गराएपनि अटेर गरेपछि लाजालाई सचेत गराइएको महानगरपालिकाले जनाएको छ ।


महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने समेत चेतावनी दिएको छ ।


घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।


महानगरको पछिल्लो निर्णय अनुसार पटक–पटक सुचित गर्दा पनि कर तिर्न अटेर गरेपछि महानगरले घर, आगन, कार्यलय परिसरमै गएर बाजा बजाउने र सुचना टाँस गरेको हो । 


नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ ।  


महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार ती करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika