काठमाडौं । दशैंको अवसरमा बजाज मोटरसाइकल खरिदमा लाखौको नगद पुरस्कारको अफर ल्याएको छ ।
आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज” योजना सार्वजनिक गरेको हो ।
दशैंको समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्ने योजना ल्याएको छ ।
कम्पनीका अनुसार ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने बेलामा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन । ।
ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००÷\/– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छ्न र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००/– को नगद पुरस्कार प्राप्त गर्न सक्दछन ।
कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउने गरेको बताए ।
Categorized in बजार