२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा थारु समुदायको विरोध सभा ! (फोटो फिचर)


प्रकाशित: मंगलवार, ८ भाद्र २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बसन्तपुरस्थित महादेव पार्वती डवलीमा थारूवानरथरूहट राष्ट्रिय मोर्चा तथा बृहत् नागरिक आन्दोलनले  विरोध सभा गरेको छ । 


टीकापुर घटना भएको ६ वर्ष पुगेको सन्दर्भमा गरेको विरोधसभा रेशम चौधरीको रिहाई, थारु हक अधिकार, टिकापुर घट्नाको निर्दोषहरुलाई छोड्नु पर्ने लगायतका माग राखेका छन । 


विरोधस सभामा मोर्चाका सल्लाहकार एवं अभियन्ता सुरेन्द्र चौधरीका अनुसार रेशम चौधरीको सन्देश सुनाएका थिए ।


भदौ ८ गतेलाई थारूहरूले ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन । कैलाली टीकापुरमा २०७२ भदौ ७ गते सातजना प्रहरी र दुई वर्षीय बालकको हत्या भएको थियो । त्यसको भोलिपल्ट त्यहाँका थारू बस्ती जलाइएको तथा कुटपिट गरिएकाले ८ भदौलाई कालो दिनको रुपमा मनाइँदै आएको छ ।


सो विरोध सभामा ऐक्येबद्धता जनाउन सहभागी भएका ‘उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति’का संयोजक सुमन सायमीले टीकापुर घटनामा राज्यले चरम दमन गरेको भन्दै उक्त घठनाका सबै बन्दीलाई तत्काल रिहा गर्न माग राखे ।


उनले भने ‘टीकापुरमा जस्तै राजधानीकै खोकनामा पनि आदिवासीमाथि अत्याचार भएको छ । यो सबै काम गर्ने नश्लीय राज्यसत्ताको विरुद्ध हामी लड्नेछौं।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex