१२ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंमा अब ८ बजेपछि सावरी चलाउन पाईने, सभा गोष्ठी पनि गर्न पाईने


प्रकाशित: मंगलवार, ८ भाद्र २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा अब बेलुका ८ बजेपछि सवारी सधान चलाउन पाईने भएको छ । 


मंगलवार उपत्यकाभित्रका तीन प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरिएको जनाएको छ । यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । 


बैठकले निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरेको छ । पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै छ । 


साथै काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको छ ।


यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट मात्रै गर्न पाउने प्रावधान थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex