काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित भएका छन ।
आईतवार एक कार्यक्रमविच सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ले प्रमुख शाक्य र उपप्रमुख खड्गीश्रेष्ठलाई सम्मान गरेको हो ।
उनीहरुलाई स्थानीय भाषाका रुपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रुपमा अभिनन्दन गरिएको सम्मान पत्रमा उल्लेख छ ।
सो अवसरमा प्रमुख शाक्यले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि महानगरले लगानी बढाएको हो यो खर्च गरेको होईन, लगानी गरिएको हो निश्चित समयपछि यसबाट प्रतिफल आउन थाल्ने बताए ।
काठमाडौँ महानगरका सामुदायिक विद्यालयको स्तर सुधार भएर संस्थागत विद्यालयसँग तुलना गर्ने होइन, त्योभन्दा माथिको अवस्थामा पुग्ने विश्वास प्रमुख शाक्यले भने ।
उपप्रमुख खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नेपाल भाषासँग जोडिएकाले यसलाई जोगाउन नेपाल भाषी अभिभावकले आफ्ना सन्तानलाई भाषा सिकाउनु पर्ने बताईन ।
कार्यक्रममा वडा १२ का अध्यक्ष विकास डंगोल, सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा अधिकृत मोतीराज खनालले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष एवं प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ, ज्ञानोदय मा. वि. का प्रधानाध्यापक नातिकाजी महर्जन, विश्व निकेतम मा. वि. का प्रमुख हेरम्बराज कँडेल, भक्त विद्याश्रम मा. वि. का प्रधानाध्यापक सुदर्शन कट्टेल, सरस्वती निकेतन मा। वि। का प्रधानाध्यापक रविना महर्जनको उपस्थिती रहेको थियो ।
महानगरले सामुदायियक विद्यालयहरुमा एउटै पहेँलो रङ्ग लगाइदिएको छ । भित्तामा महावाणी लेखन भएको छ । हरित विद्यालय कार्यक्रमले वातावरणीय क्षेत्रको सुधारमा सघाउ पु¥याएृको छ ।
त्यस क्रममा विद्यालयका शिक्षकहरुलाई महानगरको लोगो अङ्कित परिचय पत्र प्रदान गर्नु पर्ने, त्रैमासिक वा चौमासिक तलव निकासालाई मासिक बनाउनु पर्ने, क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत धारणालाई मागका रुपमा राखिएका थिए ।
Categorized in समाज