काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का जजहरु परिवर्तन भएका छन ।
फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान चयन भएका छन ।
संगीतकार बाँस्कोटाले आफूलाई आईडल सो आउने आशा गरेका र सो पुरा भएकोमा खुसी व्यक्त गरे । त्यसैगरी गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन ।'
यस अघि सीजन–३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन–४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।
Categorized in मनोरन्जन