५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको टेकुमा गोदरेज मोडुलर किचेनको नयाँ शाखा खुल्यो


प्रकाशित: शनिवार, ३० साउन २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । बहुचर्चित गोदरेज कम्पनीको मोडुलर किचेनको नयाँ शाखा काठमाडौंको टेकुमा खुलेको छ । 


मंगलवार नेपालका चर्चित नायिका तथा यस किचेन नेपाल शाखाका इन्फुलेन्सर ऋचा शर्माले एक कार्यक्रमविच उद्घाटन गरेकी कम्पनीका प्रमुख सुमन केसीले जानकारी दिए । 


विश्वमै अध्याधिक माग रहेको यस कम्पनीको यो सँगै नेपालमा ८ वटा शाखा सञ्चालनमा आएको छ । यस अघि नेपालका ७ वटा शहर काठमाडौं, भैरवा, बारा, रुपेन्देही, पोखरा, गैंडाकोटमा शाखा खोलिसकिएको छ । 


कम्पनीका प्रमुख केसीका अनुसार किचेनको सामानमा अहिले ५ प्रतिशत डिस्काउन्टको अफर रहेको तथा होम डेलीभरी र किचेन डेकुरेशन सम्म गरिने भएको छ । 


किचेनका सामग्रीमा १५ बर्ष पूर्ण ग्यारेन्टी रहेको यसलाई एक स्थानबाट अर्को स्थानमा सजिलै सार्न सकिने, किचेनको भित्री भाग बनाउँदा ३०४ ग्रेडको ज्ञाल्भनाईज्ड स्टिललाई ईपोक्सी पोलिस्टर पाउडरले कोटिङ गरिने भएकोले खिया नलाग्ने, फुन्सी, आगो तथा पानीले असर नगर्ने, काठ तथा प्लाईको किचेन जस्तै पानिले गल्दैन र नसड्ने कम्पनीको दावी रहेको छ ।

 


यो किचेन ६ प्रकारबाट विभिन्न कलरहरुमा निर्माण गर्न सकिने तथा मर्मत, सम्महार निःशुल्क हुने र धेरै बर्षसम्म टिकाउ हुने, किरा, धमिरा, साङलाबाट पूर्ण रुपमा सुरक्षित रहने हुन्छ । 


मुख्य कार्यलय बुटवल रहेको यसका कपोरोट शाखा भने काठमाडौंको कोटेश्वर रहेको जनाईएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex