२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको शिलान्यास


प्रकाशित: बुधवार, २० साउन २०७८, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेको ४ वटा विश्व सम्पदा संरक्षणमा जोड दिनु पर्ने बताएका छन ।


बुधवार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको शिलान्यासको अवसरमा शाक्यले सो कुरा बताउँदै विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने दिए । 


२०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिले पाएको छ । 


८९ लाख ५५ हजार लागत सो पाटीको पुननिर्माण हुनेअनुमान गरिएको छ । 


शाक्यले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराए ।


महानगरपालिकाले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएको छ । त्यसलाई सहयोग पुर्‍याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड बजेटको व्यवस्था गरेको छ । 


स्थानीय र तीन वटै तहको सरकारको सहयोगमा काठमाडौं भित्रको सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex