७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

केडब्लुडब्लु– नेपालको प्रथम बार्षिकोत्सव मनाईयो


प्रकाशित: शुक्रवार, १५ साउन २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल ईन्टरनेशनल कराते अर्गनाईजेशन क्युकिशिनकाईन क्यूकिसिन वल्ड वे को एक कार्यक्रमविच प्रथम बार्षिकोत्सव तथा डेमोशेसन गरी मनाईएको छ ।


काठमाडौं महानगरपालिका उप्रमुख हरिप्रभा खड्गीश्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रवार दरवार हाईस्कुलमा प्रांगनमा बार्षिकोत्सव मनाईएको हो । 


केन्द्रिय डोजो, रानीपोखरी रत्नपार्कको आयोजनामा आयोजित कार्यक्रममा खेलाडीहरुले डेमोशेसन देखाएका थिए । उनीहरुले टायलको फोड्ने, मोटरसाईकल पेटमा चढाउने लगायतका डेमोशेसन गरेका थिए । 


केडब्लुडब्लु काठमाडौंका अध्यक्ष श्यामलाल खड्गीको सभापतित्वमा आयोजित कार्यक्रममा डोजोका सल्लाहकार रामकृष्ण खड्गी, प्रतिमा श्रेष्ठ, दरवार हाईस्कुल व्यवस्थपन समितिका अध्यक्ष गोपाल महर्जन, क्यूकिसिनका नेपाल ब्रान्च चिफ गणेश प्रसाद चौधरी अतिथीको रुपमा रहेका थिए । 
 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex