काठमाडौँ । काठमाडौं महानगरपालिकाले शनिवारबाट वृक्षारोपण अभियान सुभारम्भ गरेको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ महानगरको वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको शुभारम्भ गरेका हुन ।
प्रमुख शाक्यले विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा बताएका थिए ।
सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने महानगरको नीति अनुसार सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको शाक्यले बताए ।
हरियालीसँगै सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको उनको भनाई छ ।
वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना रहेको जानकारी दिए । यस अभियानमा शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिएको श्रेष्ठले बताए ।
सो अवसरमा कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोपेका थिए ।
Categorized in जीवनशैली