१८ बैशाख २०८१, मंगलबार
Header

विद्युतीय गाडी निसान लिफको बुकिङ सुरु


प्रकाशित: बुधवार, २४ असार २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । जापनीज विद्युतीय गाडी निसान लिफको विक्री सुरु भएको पायोनियर मोटोकर्पले जनाएको छ । 


मोटोकर्पले विद्युतीय गाडी (इभी) मध्ये निसान लिफ नेपालमै पहिलोपटक जापानबाट आयात गरी बिक्री गर्न लागिएको बताएको छ । 


बजारमा मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको यस गाडीको बुकिंग बुधवारबाट सुरु गरिएका कम्पनीले जनाएको छ । 


निसान इन्टेलिजेन्ट मोबिलिटीअन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिन कम्पनीले जनएको छ । कम्पनीका अनुसार शून्य प्रदूषणसहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुसम्मका लागि सुविधा सम्पन्न र आरामदायी रहेको छ । 


इन्टेलिजेन्ट पावरअन्तर्गतको लिफमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने एकपटकको फुल चार्जमा गाडीले तीन सय ११ किलोमिटरसम्म गुड्ने (माइलेज) दिईने छ । गाडीमा अधिकतम गति प्रतिघन्टा १४० किलोमिटर रहेको बताइएको छ ।


ग्राहकले घरमै  डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा पूरा चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार निसान लिफमा एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिने व्यवस्था समेत छ भने पावर होममा समेत पठाउन सकिन्छ ।


गाडीको बिक्री आउँदो अगस्टदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD