काठमाडौं । जेठ २५ गते पहिलो भेरोसेलको खोप लिएकाहरुलाई असार २२ गतेबाट दोस्रो खोप दिईने भएको छ ।
असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन काठमाडौं महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रमा गएर खोप खोप लगाउन सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने भएको हो ।
सो दिन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि ४ बजेसम्म पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्नेछ ।
Categorized in स्वास्थ्य