काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवारबाट लगभग सबै पसल, व्यवसायहरु खुला भएपछि भिडभाड बढेको छ ।
उपत्यकमा आजबाट थपिएको निषेधाज्ञामा पसलहरुलाई विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न दिने भएपछि बजारका पसलहरु सबै खुला भएको हो ।
सोमवार काठमाडौं, ललितपर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गते थपेको निषेधाज्ञामा खाधान्य पसलहरु विहानदेखिनै र अरु पसलहरु दिउँसो खोल्ने निर्णय गरेको थियो ।
त्यसैगरी बैठकले जोर–बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीहरु पनि चल्न दिने भएपछि गाडीहरु पनि चलेका छन ।
Categorized in राष्ट्रिय