२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मौसम विभागले अब बेलुन उडाएर मौसम पुर्वअनुमान लगाउने


प्रकाशित: मंगलबार, ५ असार २०७५, २१ः२२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । जल तथा मौसम विभागले विशेष जर्मनी प्रविधिको प्रयोगबाट आकासमा बेलुन उडाएर मौसम पूर्वअनुमान लगाउने भएको छ ।

 
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) बुधबारदेखि उडाइने भएको छ ।

 
मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिएका छन् । 


मंगलबार त्रिविमा आयोजित छलफल कार्यक्रममा माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइने तयारी गरिएकोे हो ।

 
बुधबारबाट त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट बिहान ५ः३० बजे बेलुन उडाइने भएको छ । बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वाअनुमान गरिने भएको छ ।

 
उक्त बेलुन उडाउँदा दैनिक २०० अमेरिकी डलर खर्च हुने बताइएको छ । 


यस प्रविधिबाट क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex