काठमाडौं । ललितपुर महानगरपालिकाले बुधवार ७७ बर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाईने भएको छ ।
महानगरपालिकाले एक सुचना जारी वडाबाट सिफारिस भई आएका जेष्ठ नागरिकहरुलाई महानगरले तोकेको खोप केन्द्रमा विहान १० बजेदेखि ४ बजेभित्र खोप लगाउन आग्रह गरेको छ ।
वडा नं. ५,६,७,८,१२,१४, १५,१७ र १९ काहरुले लगनखेलको पशु सेवा केन्द्र, पशु अस्पतालमा गएर खोप लगाउन सक्नेछ । त्यसैगरी वडा नं. १, ९, १०, ११, १६ र २० वडाकाहरुले पाटन ढोका (पाटन हाईस्कुलमा ) मा गएर खोप लगाउन सक्नेछ ।
वडा नं.२, ३, ४ र १३ का वासीहरुले ललितपुर महानगरको प्रागणमा गएर खोप लगाउनु पर्ने महानगरपालिकाले जनाएको छ ।
धापाखेल स्वास्थ्य चौकमा वडा नं. २३ र २४, सुनाकोठी (वालकुमारी स्कुल)मा वडा नं. २६ र २७, कार्यविनायक स्कुलमा वडा नंं २१ र २२, हरिसिद्ध स्वास्थ्य चौकीमा २८र २९ र सैंबु स्वास्थ्य चौकमा १८ र २५ वडाका जेष्ठ नागरिकहरुले खोप लगाउन पाउने छन ।
Categorized in स्वास्थ्य