१ भाद्र २०८३, सोमबार
Header

सिन्धुपाल्चोकका थाङपाल र हेलम्बुलाई ५०/५० लाख दिने महानगरको घोषणा 


प्रकाशित: शनिवार, ५ असार २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचास–पचास लाख दिने घोषणा गरेको छ ।


यस अघि राहत तथा उद्दारका लागि प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन । 


मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए । 


मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु। १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex