काठमाडौं । खोप अभाव भएको भन्दै काठमाडौं महानगरमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगीत भएको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार सरकारले खोप उपलव्ध गराउन नसकिने जानकारी दिएपछि खोप कार्यक्रम रोकिएको हो ।
महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो । करिब २८ हजार जेष्ठ नागरिकलाई पहिलो डोज खोप लगाईसकेका छन ।
स्वास्थ्य सेवा विभागको खोप महाशाखाले खोप उपलब्ध गराउन नसक्ने भनेपछि शुक्रबार र शनिबार सञ्चालन हुने खोप अभियान रोकिने भएको छ ।
Categorized in स्थानिय