१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य मन्त्रालयले भन्यो – कोभिडका विरामीलाई यी सेवा निःशुल्क दिनु


प्रकाशित: विहिवार, २७ जेठ २०७८, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालयले निजि अस्पतालहरुले कोभिडका विरामीलाई निःशुल्क रुपमा दिने सेवाहरु सर्तहरु उल्लेख गरेका छन । 


मन्त्रालयसँग सम्झौता गरेका निजि अस्पतालहरुले कोभिडका विरामीहरुलाई ७ वटा सेवाहरु निःशूल्क सेवा दिनु पर्ने र ५ वटा निःशुल्क नहुने विषयहरु उल्लेख गरेर मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरेका छन । 


निःशुल्क हुनेहरुमा सामन्य रगत परीक्षण ( सिरम युरिया, सुगर सिआरपी, सिविसी, हेमोग्लोविन, प्लेटलेट, एएसटी आदी), छातीको एक्सरे, स्लाईन तथा सामन्य औषधीहरु, विरामीको शैया शुल्क, खाजाखानसहित चार छाक, चिकित्सक तथा राउण्ड सेवा र अक्सिजन रहेका छन । 


निःशुल्क नहुने विषयहरुमा आईसियु बाहेकमा विरामीमा पिसिआर, रेम्डेसिभर, प्लाज्मा थेरामी, सिटी स्क्यान, हायर एन्टीबायोटिक्सहरु रहेका छन । 


सम्झौता अनुसार अस्पतालहरुले सेवा दिनु पर्ने र अन्यथा भएमा मन्त्रालयले अस्पताललाई नेपाल सरकारबाट कुनै पनि सोधभर्ना नदिने, निःशुल्क कोभिड १९ को सेवा प्रवाह गर्ने अस्पतालको सुचिबाट हटाईने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जारी सुचनामा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex