काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरेका छन ।
खोप अनुगमनमा निस्केका प्रमुख शाक्यले सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी खोप लगाइ सुरक्षित हुन भनेको छ । साथै छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नसमेत प्रमुख शाक्यले आग्रह गरे ।
जेठ २५ गते मंगलवार देखि काठमाडौं महानगरका ३२ बटा वडामा तोकिएको खोप केन्द्रबाट ६० देखि ६४ बर्षसम्मकाहरुलाई भेरोसेल खोप दिईरहेका छ ।
खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले बताए ।
पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८ सय ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सहभागी भएका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भईरहेको समते कुँवरले बताए ।
पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने महानगरको लक्ष्य रहेको विभाग प्रमुख कुँवरले जानकारी दिए ।
Categorized in स्थानिय