३१ श्रावण २०८३, आइतबार
Header

प्रधानमन्त्री ओली बेईजिङमा 


प्रकाशित: मंगलबार, ५ असार २०७५, १७ः४९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङग पुगेको छ ।

 
प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रम ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६ दिने भ्रमणमा चीन आईपुगेको हो ।

 
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी भ्रमण टोलीमा रहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex