१८ बैशाख २०८१, मंगलबार
Header

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो, विद्युत महशुलमा छुट र ग्यासमा २० प्रतिशत


प्रकाशित: शनिवार, १५ जेठ २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारका अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ बजेट प्रस्तुग गरेको छ । 


आईतवार सरकारले प्रस्तुत गरेको बजेटमा साउन १ गते ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुगाएको छ । 


सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको गरेको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको छ । 


तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए । अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ ।


त्यसैगरी निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरिएको हो । 


निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।


निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD