११ भाद्र २०८३, बिहिबार
Header

शुक्रवारदेखि उपत्यकामा निषेधाज्ञा कडाई, खाद्यान्न चाहिए यी नम्बरमा सम्पर्क गर्नु 


प्रकाशित: विहिवार, १३ जेठ २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा शुक्रवारदेखी एक हप्तासम्म निषेधाज्ञामा कडाई गरिने भएको छ । 


किराना पसलमा भीडभाड बढेको भन्दै काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले पसलसमेत खोल्न नदिने निर्णय गरेका छन । 


यो निर्णयको चर्को विरोध हुन थालेपछि प्रशासनले खाद्यान्नका लागि भनेर केही सम्पर्क नम्बहरु सार्वजनिक समेत गरिदिएका छन । खाद्यान्न चाहिनेले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द(९८५१३२०३१), विभागीय प्रमुख भिमबहादुर थापा(९८५११३६७८५), प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा( ९८५११२७८८) लाई सम्पर्क गर्न सकिने भने छ । 


त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ (९८५१०२२५६४), नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी (९८५१०३३३०३), विभागीय प्रमुख सबल रिजाल (९८५१११३६६०) र अधिकृत प्रज्वल प्रधान(९८४१३३२९९०, ९८१३२७२५६३) लाई सम्पर्क गर्न सकिने छ । 


माछा–मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex