१३ भाद्र २०८३, शनिबार
Header

काठमाडौं महानगरकी उपमेयर खड्गीलाई स्थानीयवासिन्दाले दिए ‘घाँस’ उपहार


प्रकाशित: मंगलबार, ५ असार २०७५, १७ः२४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका उममेयर हरिप्रभा खड्गीलाई मंगलबार बिहान स्थानीयवासी तथा सम्पदाप्रेमीहरुले ‘घाँस’ उपहार दिएका छन् ।


विनाशकारी भूकम्पपछि रानीपोखरी अवस्था जीर्ण बन्दै गएको र रानीपोखरी पुनः निर्माणमा बेवास्ता हुँदा रानीपोखरीले झाडीको रुप लिएको छ ।

 
सो झाडी भित्र सप्रिएको घाँस उपहार सांकेतिक बिरोध स्वरुप उपहार दिएको ज्ञापनपत्र बुझाउन गएको स्थानीयवासीले बताएका छन् । उनीहरुले महानगरपालिकाकी उपमेयर खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् ।


यस अघि रानीपोखरी पुनः निर्माणमा चरम विवाद देखिएपछि महानगर अर्को ठेक्का लगाउने तयारीमा छ । झण्डै साढे २ करोड खर्च भइसक्दा पनि रानीपोखरी बन्नुको साटो कुरुप बन्दै गएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex