५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

 काठमाडौं ल्याउँदै गरेको जडीबुटी तथा नगद लुटपाट गर्ने ५ जना पक्राउ


प्रकाशित: सोमबार, ४ असार २०७५, २०ः५० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । म्याग्दीबाट काठमाडौ ल्याउँदै गरेका जडीबुटी तथा नगद लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 
टोखा नगरपालिका–७ प्रयाशनगरबाट असार २ गते म्याग्दी रघुगंगा गाँउपालिका– ६ बस्ने दिपक आचार्यले सतुवा (जंगली जडिबुटी) काठमाडौं ल्याउँदै गरेको अवस्थामा धम्की दिई उक्त सतुवा, नगद ६ लाख रुपैयाँ, साढे दुई तोलाको सुनको औँठी १ थान र तिन तोलाको सुनको सिक्री लुटिएको थियो ।

 
पक्राउ पर्नेहरुमा काठमाडौं शंकरापुर नगरपालिका–१ बस्ने शिबबहादुर वस्ताकोटी, लमजुङ राइनस नगरपालिका–१० घर भएका माधव प्रसाद न्यौपाने, स्याङजा चापकोट नगरपालिका–४ बस्ने कृष्ण राज पुरी, चन्द्रकान्त पुरी र रुकुम उत्तरगंगा–६ घर भई काठमाडौं बस्ने गोविन्द मल्ल रहेका छन ।

 
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट सतुवा (जंगली जडिबुटी) ४५ के।जी र लु. ३१ प ४७८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex