११ भाद्र २०८३, बिहिबार
Header

कांग्रेसले सीसीएमसीको क्षमतामा प्रश्न उठाए


प्रकाशित: विहिवार, ६ बैशाख २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई कोरोना रोकथाम तथा नियन्त्रणबारे १५ बुँदे ध्यानकर्षण पत्र बुझाएका छन । 


कांग्रेस सभापति शेरबहादुर देउवाले विहिवार सिंहदरवारमा प्रम ओलीलाई भेटी ध्यानकर्षण गराएको हो । 


महामारीको खतरा देखिदा पनि सरकारले भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरु गरिरेका कारणनै संक्रमण द्रुत गतिमा बढेको आरोप लगाएको छ । 


कांग्रेसले सरकराले गठन गरेको महामारी नियन्त्रणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व क्षमताबारे पनि कांग्रेसले प्रश्न उठाएको छ ।


‘कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


कांग्रेसले तेस्रो चरणको संक्रमणबारे समेत सचेत गराएको छ । तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न कांग्रेसले माग राखेको छ । त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex