२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा शनिबारदेखि यी क्षेत्रहरु निषेधित


प्रकाशित: शुक्रवार, ३१ बैशाख २०७८, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । ललिपुरका विभिन्न क्षेत्रहरुलाई ललितपुर जिल्ला प्रशासनले निषेधित गरेको छ । 


शुक्रवार प्रशासनले शनिवार विहान ६ बजेदेखि बुधवार राती १० बजेसम्मका लागि रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र, पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमट श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान रहेका छन । 


त्यसैगरी दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तरमा लविम मल पश्चिमपट्टीको सडक श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र रहेका छ । 


निषेधित क्षेत्रमा पूर्वमा गणेशस्थान मन्दिरपश्चिममा टबहाल चोक, दक्षिणमा ईति चोक, उत्तरमा टंगल र चक्रवहिली गल्ली रहेको छ । 


साथै पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको हो । 


शनिवार रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम रहेको छ । सो अवस्थालाई ध्यानमा राख्दै हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राखी प्रशासनले निषेधित क्षेत्र तोकेको हो । 


कोरोनाको उच्च जोखिमको कारण यो बर्ष सिमिति संख्यामा पुर्ण स्वास्थ्य मामदण्ड पालना गरी रथयात्रा गरिने भएको छ । 


प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex