१८ बैशाख २०८१, मंगलबार
Header

ललितपुरमा ८० बर्षपछि कुमारीको आसन फेरियो


प्रकाशित: विहिवार, ३० बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

ललितपुर । ललितपुरको रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई पहिलो पटक नयाँ आसनमा विराजमान गराईएको छ ।


८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको हो । आसन गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।

 
वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठं ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे । 


चाँदीको कलात्मक आसन सुनले लेपन गरिएको उक्त वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार पारेका हुन । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।


हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि ललितपुर महागरपालिका वडा १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई आग्रह गरिएको थियो ।

 
अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उनका परिवारले प्रदान गरेका थिए । जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । 


नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।


नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताए । 


वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो । वडाले संस्कृति सम्पदा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको वडा सदस्य शाक्यले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD