काठमाडौं । सिमित संख्यामा उपस्थित भई स्वास्थ्य मापदण्ड अपनाएर जेठ १ गते रातो मच्छिन्द्रनाथको रथयात्रा गरिने भएको छ ।
बुधवार सरोकारवालाहरुसँगेको छलफलपछि यो बर्षको रथयात्रा प्रतीकात्मक रुपमा तानिने भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन ।
उपत्यकामा कोरोना महामारी उच्च रहेको यस घडीमा स्वास्थ्य सर्तकताका साथ रथयात्रा गरिने भएको हो । आज मच्छिन्द्रनाथको रथरोहण गरिन्छ ।
गत बर्ष कोरोनाका कारण रोतो मच्छिन्द्रनाथको रथयात्रा स्थगीत गरिएको थियो ।
Categorized in स्वास्थ्य