१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल 


प्रकाशित: मंगलवार, २८ बैशाख २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल हुने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । 


अहिले संक्रमितहरुको संख्या उच्च रहेको र अक्सिजनको अभाव पनि उतिनै भएकोले संक्रमितहरुको उपचारमा चुनौती रहेको समेत मन्त्रालयले जनाएको छ । 


अहिले १५ हजार सिलिण्डर अक्सिजनको आवश्यक रहेको तर काठमाडौंमा उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने भएको छ । 


काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex