काठमाडौँ । काठमाडौं महानगरपालिकाको निःशुल्क एम्बुलेन्सबाट एक हजार ३०१ जनाले सेवा पाएको छ ।
महानगरपालिका अनुसार बैशाख १६ गतेबाट सुरु गरिएको यस सेवाबाट नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन ।
एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो ।
काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ ।
यस अवधिमा महानगरको हटलाइन ११८० मा ५९१ जनाले फोन गरेर सेवा माग गरेकामध्ये ४९ जनाको सेवा नेपाल एम्बुलेन्स सेवासँग सम्बन्धित थियो । ्
अन्य सेवामा संयुक्त एम्बुलेन्स सेवाबाट विरामी अस्पताल लैजाने ल्याउने, पीसीआर परीक्षण गर्ने, विरामीलाई अस्पतालमा वेड मिलाइ दिने, औषधिका बारेमा जानकारी, बन्दाबन्दीमा गर्न हुने र नहुने काम, सवारी कहाँ र कसरी चलाउन पाइनेलगायत प्रश्न तथा जिज्ञासाहरु थिए ।
यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ । कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ ।
Categorized in स्थानिय