१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोभिडबारे जनचेतना फैलाउन युवा संघको स्वयम्भू भगवान पाउमा हेल्प डेस्क


प्रकाशित: शनिवार, २५ बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम नियन्त्रणमा जनचेतना जगाउने उदेश्यले राष्ट्रिय युवा संघ नेपाल काठमाडौं १५ वडा कमिटिले स्वभ्यूको भगवान पाउँमा हेल्प डेस्क स्थापना गरेको छ । 


शनिवार राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंहको उपस्थितीमा हेल्प डेस्को उद्घाटन गरिएको हो । सो डेस्कबाट प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरु लाई मास्क, स्यानिटाइजर, पानी वितरण गरिएको थियो । 

 


सो अवसरमा संघ केन्द्रीय महासचिव रमेश  आचार्य, स्थायी कमिटी सदस्य एंव का जिल्ला ईन्चार्ज शिब कुमार महर्जन, केन्द्रीय सचिवालय सदस्य एंव काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, केन्द्रीय सदस्य महानगर सदस्य एंव क्षेत्र। नं ८ का उत्प्रेरक निसार उद्दिन, काठमाडौं महानगर कमिटी सदस्य लक्ष्मण शाही, सदस्य उद्दव खड्गी, १५ वडा कमिटीका अध्यक्ष  किसन डंगोल लगायतको उपस्थिती रहेको थियो । 


यस अघि कमिटिले मास्क वितरण,माइकिङ कार्यक्रम बारे तथा स्थानीयहरुलाई निस्शुल्क एम्बुलेन्स सेवा संन्चालन सुरु गरिसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex