काठमाडौं । शुक्रवार सुनको मूल्यमा एक हजार एकसयले रुपियाँले बृद्धि भएको छ ।
आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ पुगेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३३० रुपैयाँ तोकिएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।
Categorized in बजार