६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अक्सिजन सिलिण्डरहरु अस्पताललाई बुझाउन महानगर प्रमुख शाक्यको अपिल


प्रकाशित: शुक्रवार, २४ बैशाख २०७८, १७ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अक्सिजनका सिलिण्डहरु अस्पतालाई बुझाउन आग्रह गरेका छन । 


प्रमुख शाक्यले शुक्रवार एक अपिल जारी गरी व्यक्ति, संस्था र उद्योगहरुले आवश्यक्ता बढि सञ्चित गरेका सिलिण्डरहरु अस्पताललाई बुझाएर सहयोग गर्न भनेको छ । 


उनले भने,‘यतिखेर अस्पतालहरुमा अक्सिजनको होइन, सिलिन्डरको अभाव छ । यस्तो महामारीका बेला विरामीलाई अति आवश्यक पर्ने अक्सिजनका आपूर्ति सहजताका लागि व्यक्ति तथा संस्थासँग भएको संचित सिलिन्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’


अस्पतालमा उपचाररत धेरै विरामीहरुलाई प्लाज्मा पनि आवश्यक भएकोले प्लाजामा दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिन हुन विनम्र अनुरोध समेत जारी अपिलमा गरिएको छ । 


अहिले दोस्रो लहरका रुपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी भएकोले महानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरैभन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका विरामीलाई अस्पताल आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने कार्यहरु गरिरहेको प्रमुख शाक्यले जारी अपिलमा उल्लेख गरेका छन । 


प्रमुख शाक्यले संघीय सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयास गरिरहेको बताएका छन । 


अपिलमा सबैले स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित सँग बसौ, आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्दै यस महामारीविरुद्धको अभियानमा सबै नागरिक सहभागिताका लागि प्रमुख शाक्यले अपेक्षा समेत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex