काठमाडौं । सरकारले आजबाट लागु हुने गरी थप एक हप्ता निषेधाज्ञा गरेको छ ।
यस अघि बैशाख १६ गते विहिवारबाट २२ गतेसम्म गरेको निषेधाज्ञा गरेको थियो तर कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेपछि बैशाख २९ गते सम्म निषेधाज्ञा थप गरेको हो ।
अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गर्नुका साथै खाध्य पसलहरु पनि विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिएको छ । आज काठमाडौं उपत्यकामा मात्र ३ हजार ८२५ जना संक्रमित थपिएका छन भने दशभर ८ हजार ६५९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखबर
Categorized in राष्ट्रिय