मंगलवार कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि भएको विशेष कार्यपालिका बैठकले सो निर्णय गरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
महानगरपालिकाले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोविड पोजेटिभ भएका विरामीलाई निःशुल्क अस्पताल पु¥याउने छन भने अन्य समस्या भएका विरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ ।
डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानु पर्ने व्यक्तिको यस सेवाबाट अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान प्रमुख शाक्यको भनाई छ ।
यस व्यवस्थाको लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहार्नेछ ।
नागरिकका समस्या सुनुवाई गरेर समाधान गर्न टोल फ्रि नं. ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।
कोविड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।
बैठकमा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, रामकुमार के। सी।, मचाराजा महर्जन, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु लक्ष्मी श्रेष्ठ र हीरादेवी पोखरेलले वडास्तरीय समस्याका बारेमा धारणा राखेका थिए ।
Categorized in स्थानिय