१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरले पीसीआर परीक्षण गर्न यी स्थानहरु तोक्यो


प्रकाशित: सोमवार, १३ बैशाख २०७८, ०९ः३० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणको लागी एक तालिका सार्वजनिक गरेको छ । 


महानगरपालिकाको स्वास्थ्य सहरी विभागले आईतवार एक सुचना गरी महानगरभित्रका विभिन्न वडाहरुबाट गरिने स्वाब कलेक्सनको लागी स्वास्थ्य केन्द्र चयन गरेको छ । 


कामपा वडा नं. १, २, ३, ४, ५, २९ र ३० गते आईतवारका दिन बिशाल मिलन केन्द्र विशाल नगर ४ मा दिउँसो १ः३० बजे स्वाब कलेक्सन गरिने छ । 


त्यसैगरी वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडावासीहरुका लागि सोमवार १ः३० बजे १९ वडा सामुदायिक शहरी स्वास्थ्य क्लिनिकले स्वाब कलेक्नस गर्नेछ । 


वडा नं. ६ देखि ९ का वडावासीहरुको हकममा मंगलवार दिउँसो २ बजे ७ वडा कार्यलय परिसर चावहिलमा गएर कोभिड परीक्षणको लागी स्वाब दिन सकिने छ । 


स्वाब दिनको लागी वडा १०, ११, २८, ३१ र ३२ का नगरवासीहरुले बुधवार दिउँसो १ः३० बजे ट्रली बस, नयाँ बानेश्वरमा जानु पर्ने हुन्छ भने वडा नं. १३ देखि १७ र २६ वडावासीहरुले विहिवार दिउँसो साढे एक बजे क्षत्रपाटी १७ वडा कार्यलय परिसरमा गएर स्वाब दिन जानु पर्ने हुन्छ । 


विभागले यी बाहेक सम्बन्धीत वडाको सिफारिसमा १५ जना बढी भएको केसमा सो स्थानमा गएर पनि स्वाब कलेक्सन गर्ने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD