काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको दोस्रो डोज खोप लगाएका छन ।
शाक्यले टेकु अस्पताल गएर कोविड विरुद्ध दोस्रो खोप ‘कोभिशिल्ड’ खोप लगाएपछि कोभिड खोपबारे गलत सुचनाबाट बच्न समेत आग्रह गरे ।
उनले सरकारले तोकेको लक्षित समूह र तालिका हेरेर आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह समेत गरेका छन ।
साथै मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, साबुन पानी नभएको ठाउँमा स्यानिटाइजरको प्रयोग गर्न, भीड नगर्न र भीड हुने ठाउँमा नजान आग्रह गरेको छ ।
शाक्यले भने,‘विकसित मुलुकका जनताले पैसा तिरेर पनि पाउन नसकेको खोप नेपाल सरकारले जनताका लागि निःशुल्क उपलब्ध गराएको छ । सरकारको यो कदममा सबैको साथ चाहिन्छ ।’
आफूले खोप लिएपछि कुनै पनि खालको स्थास्थ्य प्रतिकुलता नभएको, खोपपछि नियमित काममा अनुभव समेत सुनाएका थिए । महामारीबाट बचाउन अहिलेसम्मको यो उत्तम विकल्प हो ।
Categorized in स्वास्थ्य