काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको छ ।
कलाकार श्रेष्ठले सोमवार फेसबुकमार्फत आफू र छोरा, छोरी, बुहारी र नातीनालाई कोरोन संक्रमण भएको जानकारी दिएका छन ।
श्रेष्ठले कोरोना लागेपछि सास्ती हुने र यसलाई हेलचेक्राई नगर्न सबैमा अनुरोध समेत गरेको छ । सर्तकता अपनाउन भनेको छ ।
आज श्रेष्ठको जन्मदिन पनि परेकोले शुभकामना दिने सबैलाई धन्यावाद दिएका छन ।
यस अघि अर्का वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नीलाई कोरोना संक्रमण भएको थियो ।
Categorized in मनोरन्जन