६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गरिने


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । 


मन्त्रिपरिषदले गरेको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । 


जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद सर्वोच्चले फागुन ११ गते पुनस्र्थापना आदेश दिएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex