काठमाडौं । एकैदिन हजारबढि कोरोना संक्रमित थपिँदा उपत्यकामा ४३५ जना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन ।
काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन ।
पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन ।
Categorized in स्वास्थ्य