काठमाडौँ । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेको सिटी मार्केका पसलहरुमा ताला लगाई दिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार १ सय १२ वटा पसलमा ताला लगाइदिएको हो ।
महानगरपालिकासँग लामो समयदेखि कुनै सम्झौता नगरेको र पटक –पटक सुचना जारी गरी हटाउन आग्रह गर्दा पनि नमानेपछि पसलमा तालबन्दी गरिएको अधिकृत ज्ञवालीको भनाई छ ।
पसलेहरुसँग पटक–पटक ताकेता गर्दा पनि त्यसको वेवास्ता गर्दै पसल बन्द नगरेपछि बाध्य भएर शिलबन्दी गरेको उनले बताए ।
महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए ।
विहिवार प्रहरी र नगर प्रहरीले सिल गर्ने क्रममा पसलेहरुले विरोध पनि गरेका थिए । विना सूचना हटाएको व्यापारीहरुको भनाई छ ।
तस्वीर सौजन्यः मोहन बाँस्तोला
Categorized in बजार