काठमाडौं । कोरोना जोखिमकोको दृष्टिले काठमाडौं उपत्यकासहित १० जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकेको छ ।
विहिवार मन्त्रालयले काठमाडौ, ललितपुर, भक्तपुर, कास्की, रुपेन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई अति संवेदनशील जिल्ला घोषणा गरेको छ ।
यी संवेदनशिल क्षेत्र तोकिएको जिल्लाहरुमा हुने भिडभाड क्षेत्रमा नजान तथा जमघट नगर्न मन्त्रालयले अपिल समेत गरेको छ ।
मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको हो । जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम रहेका छन ।
त्यसैगरी सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन ।
साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध समेत गरेको छ ।
Categorized in स्वास्थ्य