काठमाडौं । देशभर कोरोना सक्रिय कोरोना संक्रमितको संख्या ३६०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलवार थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ ।
Categorized in स्वास्थ्य