१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सक्रिय कोरोना संक्रमितको संख्या ३६०८, आज ५१७ जनामा संक्रमण पुष्टि


प्रकाशित: मंगलवार, ३१ चैत्र २०७८, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । देशभर कोरोना सक्रिय कोरोना संक्रमितको संख्या ३६०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार मंगलवार  थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex