काठमाडौं । विश्वकप फुटवल– २०१८ मा पहिलो पल्ट प्रयोग भएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को मद्दतबाट फ्रान्सले अस्ट्रेलियालाई २–१ अन्तरले पराजित गरेको छ ।
तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अस्ट्रेलियालाई हराएको हो ।
काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिएआर को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गर्नुभएको थियो ।
खेलको पहिलो हाफमा बराबरी रहेको अष्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो ।
फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अष्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै माइल जेदिनाकले खेललाई बराबरीमा सीमित गरायो ।
तर खेलको अन्तिम समयतिर ८१ औँ मिनेटमा फ्रान्सका पाउल पोग्वाले गोलका लागि पाएको सुन्दर अवसरलाई सदुपयोग गरेपछि अष्ट्रेलियाका लागि खेलमा निकै प्रेसर परेको थियो ।
शनिबारको दोस्रो खेल अजेन्टिना विरुद्ध आइसल्याण्ड र तेस्रो खेल पेरू र डेनमार्कबीच हुनेछ ।
Categorized in मनोरन्जन