काठमाडौं । रेमिटयान्स कारोवार गर्ने कम्पनी वर्ल्ड रेमिट र इसेवा मनि ट्रान्सफरविच रेमिटयान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै संसारभरका वल्र्ड रेमिटका ग्राहकरुले रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने छन ।
वल्र्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले आफूहरुले ईसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन भने इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले पनि विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित भएको बताए ।
वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रोमोकोड (डव्लुआरनेपाल) प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने इसेवा मनि ट्रान्सफरले जनाएको छ ।
वल्र्ड रेमिट शतप्रतिशत डिजिटल (नगदरहित) रहेको बताइएको छ । पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाइल एयरटाइम टपअप, मोबाइल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्ने बताइएको छ ।
इसेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीहरुलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
Categorized in प्रबिधि